Thaha

Sunday 22 September - 7:12 am NST

कांग्रेसको केन्द्रिय कार्य समिति बैठक  बस्दै

काठमाडौं, २० असोज । नेपाली कांग्रेसको केन्द्रिय कार्य समिति बैठक आज बस्दैछ । केहीबेरमा प्रधानमन्त्री निवास वालुवाटारमा बस्ने बैठकले महाधिवेशनको कार्यतालिका पारित गर्ने सहमहामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिनुभयो ।

हिजो बसेको कांग्रेस पदाधिकारी बैठकले माघ भित्र स्थानीय तहका सबै अधिवेशन गर्ने र फागुन भित्र महाधिवेशन गर्ने निर्णय गरेको थियो । तर मिति भने तय भएको छैन । कांग्रेसले यसअघि असोज २ देखि ५ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेपछि संविधान निर्माणमा  लागेको भन्दै निर्धारित समयमा महाधिवेशन गर्न सकेको थिएन ।